काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागु पूर्णिमा (होली)को अवसरमा शुभकामना व्यक्त गर्दै आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन सबैलाई आह्वान गरेका छन्।
नेपालको विविध भूगोल, जातजाति, भाषा, धर्म, कला र संस्कृतिलाई देशको विशिष्ट पहिचानको रूपमा उल्लेख गर्दै उनले फागु पूर्णिमालाई आपसी माया, एकता र सद्भावको पर्व भनेका छन्।
शुभकामना सन्देशमा उनले फागु पूर्णिमासँगै प्रतिनिधि सभा सदस्य निर्वाचन लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण अवसर भएको बताए र निर्वाचन शान्तिपूर्ण तथा मर्यादित रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्।
लोकतन्त्र सुदृढीकरण र समृद्ध राष्ट्र निर्माणका लागि फागुन २१ गते हुने निर्वाचनमा सक्रिय सहभागिता जनाउन सबै नेपालीलाई उनले आग्रह गरेका छन्।
अन्त्यमा, उनले फागु पूर्णिमाले सबैको घर–परिवारमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गरेका छन्।
प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार












प्रतिक्रिया