काठमाडौं। रौतहटको राजपुर नगरपालिका–५ स्थित पानी ट्याँकीको भित्री सडकमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ।

स्थानीय बासिन्दाले सडकमा शंकास्पद वस्तु देखेपछि तुरुन्तै सुरक्षाकर्मीलाई खबर गरेपछि नेपाली सेना, नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको छ।

advertisement

जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी विष्णु प्रदीप बस्यालका अनुसार घटनास्थलमा शंकास्पद वस्तु भेटिएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै क्षेत्रलाई सुरक्षा घेराभित्र राखिएको र सर्वसाधारणलाई टाढा रहन आग्रह गरिएको छ ।

प्रहरीका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगिसकेको छ। टोलीले उक्त वस्तुको प्रकृति, जोखिम र आवश्यक कारबाहीबारे अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com