काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रूपन्देही क्षेत्र नम्बर २ मा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको समाचार पूर्णतया गलत भएको स्पष्ट पारेको छ।

सोमबार राप्रपाका केन्द्रीय प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाले कसैसँग तालमेल वा समर्थन गर्ने नीति नलिएको जानकारी दिएका छन्।

advertisement

उनले भने, ‘राप्रपाले आगामी निर्वाचनमा कसैसँग तालमेल वा समर्थन गर्ने नीति बनाएको छैन। पार्टीको नीति विपरीत यस्ता गतिविधिमा संलग्न हुने व्यक्ति अनुशासनको विषय बन्नेछ। प्राविधिक कारणले उम्मेदवार नहुँदा समानुपातिक मत जुटाउन पार्टी र मतदातालाई अनुरोध गर्दछौं।’

यसअघि क्षेत्रीय अध्यक्ष रामबहादुर थापाले प्राविधिक कारणले उक्त क्षेत्रको उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका थिए।

थापाले आइतबार विज्ञप्ति जारी गर्दै कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा (पौडेल) लाई समर्थन गर्ने निर्णय भएको दाबी गरेका थिए र समानुपातिक मतमा राप्रपालाई मत दिन आग्रह गरेका थिए। तर राप्रपाले ती दाबीलाई पूर्णतया असत्य भएको प्रस्ट पारेको छ।

प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com