काठमाडाैं । जेन–जी पुस्ताका अगुवा मिराज ढुंगाना गगनकुमार थापाको हातबाट नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन्। पार्टी प्रवेश कार्यक्रमका लागि ढुंगानासहितका युवा टोली सर्लाही–४ पुगिसकेको जनाइएको छ।
मिराजले गत भदौ २३ गते आयोजना गरिएको जेन–जी आन्दोलनका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट औपचारिक स्वीकृति लिएका थिए। माइतीघरबाट सुरु भई नयाँ बानेश्वर पुगेर सभामा परिणत गर्ने कार्यक्रम तय गरिएको थियो।
तर आन्दोलनका क्रममा घुसपैठ भएपछि मिराजले आन्दोलन आफ्नो नियन्त्रणबाहिर गएको भन्दै सहभागी सबै जेन–जी युवाहरूलाई घर फर्कन आह्वान गरेका थिए।
त्यसयता उनले उठाएका मागहरू पूरा गर्न कुनै ठोस पहल नभएको बताइएको छ। उनका अनुसार प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न प्रयास गर्दा समेत भेट सम्भव नभएको र सिंहदरबार प्रवेशमा समेत रोक लगाइएको थियो।
प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार











प्रतिक्रिया