काठमाडौं । रामेछापमा निर्वाचन ड्युटीमा खटिएका कर्मचारी र सुरक्षाकर्मी सवार गाडी भीरबाट खस्दा दुर्घटना भएको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार रामेछाप नगरपालिका–२ सिरुबारी क्षेत्रमा उक्त गाडी करिब १०० मिटर तल भीरमा खसेको हो।
प्रहरी निरीक्षक राजन तिमल्सिनाका अनुसार ना ७ ख ६७६८ नम्बरको गाडी दुर्घटनामा परेको हो। गाडीमा निर्वाचनका लागि खटिएका कर्मचारी तथा सुरक्षाकर्मी सवार रहेका थिए।
दुर्घटनापछि घटनास्थलमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। गाडीमा कति जना सवार थिए भन्नेबारे अझै यकिन विवरण प्राप्त भइसकेको छैन।
प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार











प्रतिक्रिया