काठमाडौं । रामेछापको रामेछाप नगरपालिका २ देउरालीमा सोमबार कर्मचारी सहित निर्वाचनका सामाग्री बोकेको गाडी दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा नेपाल प्रहरीका असई परशुराम यादव र वडा कार्यालय भवन रामेछाप नगरपालिका ३ साँघुटार मदतान केन्द्र ख का मतदान अधिकृत डोरप्रसाद घिमिरे रहेका छन्। घिमिरे मन्थली नगरपालिका ६ रुद्राक्षेश्वर मावि मुगिटारका निमावि द्वितिय शिक्षक हुन्।

advertisement

रामेछाप नगरपालिका २ देउरालीको सितलादेवी मावि र वडा नं ३ साँघुटारको वडाकार्यालय मतदान केन्द्रका कर्माचारी र निर्वाचन सामाग्री लिएर गएको निसान कम्पनीको ना ४ ख ६७६८ नम्बर मिनिट्रक देउरालीके सिरुवारीमा ब्याक गर्ने क्रममा दुर्घटनामा परको स्थानीयले जानकारी दिएका छन्।

दुर्घटनामा परी अन्य ५ जना घाइते भएका छन्। घाइतेलाई उद्धार नेपाली सेनको हेलिकप्टरबाट काठमाडौं पठाइएको जिल्ला प्रही कार्यालय रामेछापका इन्सपेक्टर राजनप्रसाद तिमल्सिनाले जानकारी दिए। घाइते हुनेमा २ पुरुष र ३ महिला छन्।

प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com