काठमाडौं । रुपन्देही क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका डा. निकोलस (कमल) भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन्।

उनले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेललाई समर्थन गर्ने घोषणा गरेका हुन्।

advertisement

डा. भुसालले नयाँ शक्तिहरूबिचको प्रतिस्पर्धाले पुराना राजनीतिक दलहरूलाई नै फाइदा पुग्ने निष्कर्ष निकाल्दै आफू पछि हटेको बताएका छन्।

‘नयाँ-नयाँको लडाइँमा पुराना शक्ति पुनः स्थापित हुने र फेरि प्रतिगमन नै हावी हुने अवस्था देखेर पुरानाभन्दा नयाँ नै आऊन् भनेर यो निर्णय लिएको हुँ,’ भुसालले विज्ञप्तिमा उल्लेख गरेका छन्।

राजनीतिलाई नयाँ दिशातर्फ लैजान र वैकल्पिक शक्तिलाई बलियो बनाउन आफूले त्याग गरेको भुसालको भनाइ छ। ‘मैले जित्नुभन्दा ठुलो कुरा देशले जित्नु हो, म बन्नुभन्दा ठुलो कुरा नेपाली जनताले जित्नु हो।’ उनले सुनाए।

भुसालले आफ्ना समर्थक र शुभचिन्तकहरूसँग माफी माग्दै देशको निकास र साँचो परिवर्तनका लागि यो कदम अपरिहार्य रहेको प्रस्ट्याएका छन्।

‘देशमा पुराना शक्तिहरूको दोहोरिएको वर्चस्वले अपेक्षित परिवर्तन सम्भव छैन,’ उनले भने, ‘त्यसैले रास्वपाका उम्मेदवार सुलभ खरेललाई पूर्ण समर्थन गर्ने निर्णय गरेको छु।’

उम्मेदवारी निष्क्रिय पार्दै डा. भुसालले आफूले अघि सारेका मुख्य एजेन्डाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता रास्वपाका उम्मेदवार खरेलले व्यक्त गरेको जानकारी दिएका छन्।

प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com