काठमाडौं । पर्सा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनोज कुमार चौधरी सवार गाडीबाट शंकास्पद वस्तु फेला परेपछि सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएका छन।

बरहनियार चोकमा नियमित जाँचका क्रममा प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले बा १० च १२५० नम्बरको रातो कार रोकी जाँच गर्दा बमजस्तो देखिने चार वटा पोका बरामद गरेको हो।

advertisement

जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सुदीपराज पाठकले नेपाल प्रेससँगको कुराकानीमा प्रारम्भिक अनुसन्धानबाट ती वस्तु विस्फोटक पदार्थ हुनसक्ने देखिएको बताएका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

उम्मेदवार चौधरीसहित सत्यनारायण दास, सुरज कार्की र चालक गरी चार जनालाई नियन्त्रणमा लिइएको छ। गाडी नेपाली सेनाको नियन्त्रणमा राखिएको छ भने व्यक्तिहरूलाई प्रहरी निगरानीमा राखी थप अनुसन्धान अघि बढाइएको छ। घटनासम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको छ।

प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com