काठमाडौ । धनुषा क्षेत्र नं. ४ अन्तर्गत क्षिरेश्वरनाथ नगरपालिका–४, चन्द्रपुर टोलमा पैसा बाँड्ने क्रममा स्वतन्त्र उम्मेदवार पक्राउ परेका छन् भने तीन जना फरार भएका छन्।

पक्राउ पर्नेमा सोही क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका राजकिशोर महरा रहेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी गणेशबहादुर बमका अनुसार, महरालाई ४५ हजार रुपैयाँ भन्दा बढी नगदसहित नियन्त्रणमा लिइएको हो। प्रहरी टोली पुगेपछि उनीसँगै रहेका अन्य तीन जना फरार भएका छन्।

advertisement

प्रहरीले घटनास्थलबाट ४८ हजार ५ सय रुपैयाँ नगद र आर्थिक कारोबारसम्बन्धी विवरणसमेत उल्लेख गरिएको डायरी बरामद गरेको छ।

पक्राउ परेका उम्मेदवार महरा र प्रयोग गरिएको गाडीलाई आवश्यक कारबाहीका लागि निर्वाचन आयोगको कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com