काठमाडाैं । भोलि हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर हेलिकोप्टर गस्ती हुने भएको छ।
केन्द्रीय सुरक्षा समितिको आजको बैठकले निर्वाचन क्षेत्रहरूमा सुरक्षा निगरानी कडा बनाउन हेलिकोप्टरबाट पेट्रोलिङ गर्ने निर्णय गरेको हो।
गृह मन्त्रालयकी सहप्रवक्ता रमा आर्चाय सुवेदीका अनुसार, सेनाको हेलिकोप्टरसँगै निजी कम्पनीका हेलिकोप्टर पनि पेट्रोलिङमा प्रयोग गरिनेछ।
त्यसैगरी, आवश्यक परेमा हेलिकोप्टरलाई स्ट्यान्डबाइमा राख्ने व्यवस्था पनि बैठकले तय गरेको छ।
प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार











प्रतिक्रिया