एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानका नवनियुक्त सर्वोच्च नेता मुजतबा खामेनीलाई लक्षित गर्दै कडा चेतावनी दिएका छन्।
इजरायल र अमेरिकाले संयुक्त रूपमा गरेको आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनी मारिएपछि त्यहाँ नेतृत्व परिवर्तन भएको हो। खामेनीको मृत्युपछि उनका छोरा मुजतबा खामेनीलाई इरानको नयाँ सर्वोच्च नेताका रूपमा चयन गरिएको बताइएको छ।
इरानका ८८ जना धर्मगुरुहरू सम्मिलित ‘एक्सपर्ट्स एसेम्बली’ले मुजतबा खामेनीलाई सर्वोच्च नेताको जिम्मेवारी दिएको हो।
यसबीच इजरायली रक्षामन्त्री काट्जले इजरायलविरुद्ध उभिने वा इजरायललाई समाप्त पार्ने धम्की दिने जो–कोही पनि इजरायलको निशानामा पर्ने चेतावनी दिएका छन्।
उनले नयाँ नेता को हो वा कहाँ छन् भन्ने कुराले कुनै फरक नपर्ने उल्लेख गर्दै इजरायलले आफ्ना शत्रुहरूलाई जहाँसुकै भए पनि खोजेर कारबाही गर्ने बताएका छन्।
प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया