काठमाडौं । भोलि हुने प्रतिनिधिसभा निर्वाचनको माहोलले देशभर उत्साह छाएको छ । निर्वाचन नजिकिँदै जाँदा मतदातासँगै विभिन्न क्षेत्रका चर्चित व्यक्तित्वहरू पनि मतदानका लागि आफ्नो गृहजिल्ला फर्किरहेका छन् । मनोरञ्जन क्षेत्रका कलाकारहरूमा पनि चुनावप्रति उत्सुकता र चासो देखिएको छ ।

केही साताअघि सम्म भने कतिपय राजनीतिक दलका नेताहरूले नै निर्धारित समयमा निर्वाचन हुन सक्नेबारे संशय व्यक्त गरेका थिए । चुनावका लागि आवश्यक वातावरण तयार नभएको भन्दै निर्वाचन नहुने आशंका व्यक्त गरिएका समाचारहरू पनि सार्वजनिक भएका थिए । तर प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले भने तोकिएकै मितिमा निर्वाचन सम्पन्न गरिने स्पष्ट अडान लिएको थियो ।

advertisement

निर्धारित समयमै निर्वाचन हुने सुनिश्चित भएपछि अभिनेत्री वर्षा राउतले प्रधानमन्त्री कार्कीको प्रशंसा गरेकी छन् । उनले नेताहरूले आफ्नो भनाइमा अडिग रहने र दिएको वाचा पूरा गर्ने संस्कार प्रधानमन्त्री कार्कीबाट सिक्नुपर्ने बताएकी छन् ।

निर्वाचनको पूर्वसन्ध्यामा सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै राउतले लेखेकी छन्— केही समयअघि सम्म चुनाव नहुने चर्चा चलिरहेको भए पनि एक जना महिलाले दृढ अडान लिँदा परिस्थिति बद्लिएको छ । उनले दिएको वचनअनुसार भोलि चुनाव हुन लागेकोमा आफूलाई खुशी लागेको उल्लेख गर्दै प्रधानमन्त्री सुशीला कार्कीप्रति सम्मान व्यक्त गरेकी छन् । साथै, भविष्यका नेताहरूले पनि बोलीको पक्का हुने गुण उहाँबाट सिक्नुपर्ने उनले उल्लेख गरेकी छन् ।

प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com