काठमाडौं । जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार रामआधार कापर माथि कुटपिट भएको छ। जिल्ला प्रहरी कार्यालय का प्रहरी उपरीक्षक हेरम्ब शर्मा का अनुसार जलेश्वर नगरपालिका–७ मा अज्ञात समूहले गएराति उनीमाथि आक्रमण गरेको हो।

कुटपिटका कारण कापरको छाती, पिठ्युँ तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। हाल उनको जनकपुर मा उपचार भइरहेको प्रहरीले जनाएको छ।

advertisement

आक्रमणपछि उनले प्रहरी–प्रशासनलाई जानकारी गराएपछि प्रहरी टोली तत्काल पुगेर उनलाई उद्धार गरी अस्पताल पठाएको प्रहरी उपरीक्षक शर्माले बताए।

प्रहरी घटनास्थल पुगेपछि आक्रमणकारीहरू फरार भएका थिए। उनीहरूको खोजी कार्य अहिले पनि जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com