काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेकी छन् ।
बिहान मतदान केन्द्र पुगेर मत खसालेकी प्रधानमन्त्री कार्कीले मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै निर्वाचन उत्साहपूर्ण र शान्तिपूर्ण रूपमा भइरहेकोमा खुसी व्यक्त गरिन् ।
“मैले मेरो आफ्नो कर्तव्य पूरा गरेँ, देशमा निर्वाचन हुँदै छ, म अत्यन्त खुसी छु,” उनले भनिन् ।
प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन भइरहेको भन्दै सोधिएको प्रश्नमा उनले आफूले व्यक्तिगत रूपमा मतदान गरेको र देशव्यापी निर्वाचन प्रक्रियालाई सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताइन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान जारी छ । प्रारम्भिक जानकारीअनुसार देशभर मतदान केन्द्रहरूमा मतदाताको राम्रो उपस्थिति रहेको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ र निर्वाचन शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको प्रहरी तथा निर्वाचन आयोगले जनाएको छ ।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया