काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कञ्चनपुरबाट आफ्नो मतदान गरेका छन्।

लेखकले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत वेदकोट नगरपालिका–८ गयलनदीस्थित बैजनाथ माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन्।

advertisement

उक्त निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले यसपटक पूर्व जिल्ला सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएको छ।

यसअघि पनि यही क्षेत्रबाट चुनाव लड्दै आएका नेता लेखक यसपटक समेत कञ्चनपुर–३ बाट उम्मेदवार बन्न इच्छुक थिए। तर विशेष महाधिवेशनपछि बनेको पार्टी नेतृत्वले उनलाई टिकट नदिएपछि उनी उम्मेदवार बन्नबाट वञ्चित भएका हुन्।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com