काठमाडौं । काठमाडौंमा मतदान गरी हेलिकप्टर चढेर झापा उडेका बालेन साह मौसमका कारण त्यहाँ अवतरण गर्न नसकेपछि पुनः काठमाडौं फर्किएका छन् ।
हेली एभरेस्टको हेलिकप्टरमा सवार भएर झापातर्फ गएका साहसहित पाँच जना यात्रु बोकेको उक्त हेलिकप्टर झापामा मौसम प्रतिकूल भएकाले अवतरण नगरी फर्किएको जनाइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्ट कुमार बस्नेतका अनुसार हेलिकप्टर केहीबेरमै काठमाडौंमा अवतरण गर्ने तयारीमा रहेको छ।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया