काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहजिल्ला चितवनमा मतदान गरी हेलिकप्टरमार्फत रुकुमपूर्व पुगेका छन्।
प्रचण्डले चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर–१४ स्थित नेपाल प्रहरी विद्यालयमा रहेको मतदान केन्द्रबाट आज बिहान आफ्नो मताधिकार प्रयोग गरेका हुन्।
चितवनमा मतदान सम्पन्न गरेलगत्तै उनी हेलिकप्टरमार्फत रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ कमलदहतर्फ प्रस्थान गरेका हुन्।
रुकुमपूर्वमा हुने निर्वाचनमा प्रचण्डसहित ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया