काठमाडौं । नेपाली कांग्रेस निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मतदान गरेका छन् । खड्काले बिहीबार सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ को सूर्यज्योति माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् ।

कांग्रेसको विशेष महाधिवेशनपछि निस्क्रिय रहेका खड्का त्यसअघि सुर्खेत–१ मै फेरि चुनाव लड्न चाहन्थे । तर, निर्वाचन आयोगले गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट चुनिएको कार्यसमितिलाई वैधानिकता दिएपछि उनले चुनाव नलड्ने घोषणा गरेका थिए ।

advertisement

त्यसयता खड्का कांग्रेसको चुनावी प्रचारप्रसारमा पनि सहभागी बनेका थिएनन् । तर सामाजिक सञ्जालबाट भने कांग्रेसका लागि भोट मागेका थिए ।

उता निवर्तमान सभापति शेरबहादुर देउवा भने उपचारका लागि सिंगापुरमा छन् । उनी यस पटक मतदान गर्ने छैनन् ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com