काठमाडौं । तामाकोशी गाउँपालिका-४ को मालु मतदान केन्द्रमा मतपत्र लुटिएपछि रोकिएको मतदान अझै सुरु हुन सकेको छैन । कर्मचारीमाथि हातपातको प्रयासभएपछि प्रहरीले हवाई फायर गरेको थियो ।
त्यसपछि रोकिएको मतदान अझै सुरु हुन नसकेको हो । सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेले रोकिएको मतदान सुरु हुन् नसकेको र छलफल जारी रहेको जानकारी दिए ।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया