काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार रहेको रुकुम (पूर्व) निर्वाचन क्षेत्रमा ४० प्रतिशतभन्दा बढी मत खसिसकेको छ।
प्रमुख निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार दिउँसो १ बजेसम्म कुल ४०.०९ प्रतिशत मतदाताले मतदान गरिसकेका छन्। यस अवधिमा कुल १३,९१९ जनाले मतदान गरेका छन्, जसमा पुरुष ६,६१७ र महिला ७,३२३ रहेका छन्।
खनालले बताएअनुसार, यो निर्वाचन क्षेत्रका सबै मतदान केन्द्रमा अहिलेसम्म शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार












प्रतिक्रिया