चितवन । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत ३ वटा निर्वाचन क्षेत्र रहेको चितवनमा हालसम्म ४५ प्रतिशत मतदान भएको छ ।
बिहान ७ बजेबाट जारी मतदान कार्यक्रम शान्पिूर्ण रुपमा सञ्चालन भइरहेको चितवनका मुख्य निर्वाचन अधिकृत केदार नाथ पौडेलले जानकारी दिए ।
उनका अनुसार हाल चितवन–१ मा ४३ प्रतिशत, चितवन–२ मा ४५ र चितवन–३ मा ४५ प्रतिशत मतदान भइसकेको छ ।
चितवन–१ मा कुल मतदाता एक लाख ४९ हजार ६२१ जना छन्, जसमा महिला मतदाता ७५ हजार ८६० जना र पुरुष मतदाता ७३ हजार ७६१ जना छन् ।
चितवन–२ मा कुल मतदाता एक लाख ३७ हजार १५२ छन्, जहाँ महिला ६९ हजार २९४ जना र पुरुष मतदाता ६७ हजार ८५७ जना छन् ।
चितवन–३ मा कुल एक लाख ५५ हजार ३०९ जना मतदातामध्ये महिला ७९ हजार ६१२ र पुरुष मतदाता ७५ हजार ६९६ छन् ।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया