काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आजको दिनलाई आफ्नो जीवनका दुईवटा विशेष क्षणसँग जोडेर स्मरण गरेका छन्।

मतदानपछि सामाजिक सञ्जालमार्फत ओलीले फागुन २१ लाई मृत्युपछि पुनर्जीवन पाएको दिन र आफ्नो जीवनका महत्वपूर्ण घटनासँग जोडिएका क्षणका रूपमा व्याख्या गरेका हुन्।

advertisement

अध्यक्ष ओलीले आजकै दिन ६ वर्षअघि दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको उल्लेख गर्दै भनेका छन् कि यस दिन सुखानी सहिद दिवस पनि परेको हुँदा यी दुई घटनाले उनलाई मृत्युको मुखबाट फर्केर नयाँ जीवन पाएको क्षणका रूपमा स्मरणीय भएको छ।

झापा आन्दोलनको स्मरण गर्दै ओलीले भने, ‘त्यही क्रममा हामीलाई जेल हाल्ने तयारी गरिएको थियो। झापा आन्दोलनका योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण राजवंशीलाई जेल सार्ने बहानामा निरंकुश व्यवस्थाले सुखानीको जंगलमा लगेर हत्या गरेको थियो।’

ओलीले आफू पनि हत्या गरिन लाग्दा मृत्युको मुखबाट फर्केको र १४ वर्ष कठोर कारावास भोगेको स्मरण गरे। उनले देशमा लोकतन्त्र स्थापनाका लागि बलिदान दिने अमर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै फागुन २१लाई कहिल्यै नबिर्सने दिनको रूपमा चिनाएका छन्।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com