दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४ मालुस्थित मतदान केन्द्रमा रोकिएको मतदान पुनः सुरु भएको छ।
तामाकोशी–४ मा रहेको गोल्मेश्वर माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा केही समयअघि पुनः मतदान प्रक्रिया सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए।
मतदान पुनः सुरु भएपछि स्थानीय प्रशासनले माइकिङ गरेर विवादका कारण तितरबितर भएका मतदातालाई पुनः मतदान केन्द्रमा उपस्थित हुन आह्वान गरेको छ।
उक्त मतदान केन्द्रमा करिब ३०० मत खसेपछि विवाद उत्पन्न भएपछि मतदान प्रक्रिया रोकिएको थियो। विवाद समाधान भएपछि अहिले मतदान पुनः सुरु गरिएको प्रशासनले जनाएको छ।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया