काठमाडौं। शङ्खरापुर नगरपालिका–५ स्थित नारायण आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गरेर निस्किएका एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ३८ वर्षीय हर्के वाइबा रहेका छन् । स्थानीय सुभाष आचार्यका अनुसार वाइबा केही दिनदेखि अस्वस्थ थिए । मतदान गरेर निस्किएलगत्तै उनले रगत वान्ता गरेका थिए । उनलाई अस्पताल पुर्याउन नपुग्दै मतदानस्थलमै मृत्यु भएको आचार्यले जानकारी दिए ।
प्रहरीका अनुसार घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको छ । शवलाई पोस्टमार्टमका लागि अस्पताल लगिएको छ । मृतकको स्वास्थ्य अवस्था पहिले नै कमजोर रहेको र मतदान गर्ने क्रममा अचानक स्वास्थ्य बिग्रिएको प्रारम्भिक जानकारी छ ।
यो घटना फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन भएको हो । मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा भइरहेको र अन्यत्र कुनै ठूलो घटना नभएको प्रहरीले जनाएको छ । मृतकका परिवारजनलाई सहयोग तथा आवश्यक प्रक्रिया पूरा गर्न प्रहरी तथा स्थानीय प्रशासनले सहयोग गरिरहेको छ ।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया