काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसाल ले हालै सम्पन्न चुनावको परिणामले नेपालको कम्युनिस्ट आन्दोलनलाई गम्भीर धक्का पुग्ने टिप्पणी गरेका छन्। चुनाव सकिएलगत्तै सार्वजनिक गरेको भिडियो सन्देशमार्फत उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

उनले चुनावको सम्पूर्ण नतिजा आउन बाँकी भए पनि समग्र परिणाम कम्युनिस्ट आन्दोलनका लागि अनुकूल नदेखिएको बताए। उनका अनुसार यो परिणाम कम्युनिस्ट आन्दोलनका लागि अर्को ठूलो धक्का बन्ने सम्भावना देखिएको छ।

advertisement

भुसालले कम्युनिस्ट आन्दोलन कमजोर हुनुमा प्रमुख रूपमा एमाले अध्यक्ष केपी शर्मा ओली नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मेवार ठहर गरेका छन्। यी नेताहरूका कारण कम्युनिस्ट आन्दोलन ओरालो लागेको उनको आरोप छ।

उनले अहिलेको राजनीतिक अवस्थाबारे कडा टिप्पणी गर्दै देशले अयोग्य नेतृत्वका कारण समस्याग्रस्त शासन भोगिरहेको बताएका छन्। आगामी दिनमा अवस्था अझ जटिल बन्न सक्ने संकेत पनि उनले गरेका छन्।

भुसालले प्रयोग गरेको कडा शब्दप्रति आफू सचेत रहेको बताउँदै भविष्यमा त्यस्तो टिप्पणी फिर्ता लिनुपर्ने अवस्था आओस् भन्ने आशा व्यक्त गरेका छन्। उनले देशमा जिम्मेवार नेतृत्व र सकारात्मक राजनीतिक संस्कृतिको आवश्यकता रहेकोमा जोड दिएका छन्।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com