काठमाडौं। काठमाडौं क्षेत्र नम्बर १ को मतगणना अहिले राति १० बजेबाट सुरु हुने भएको छ । मतगणना बानेश्वरस्थित सहकारी प्रशिक्षण केन्द्रमा हुनेछ ।

काठमाडौं १ का निर्वाचन अधिकृत चुरमान खड्काका अनुसार, सर्वदलीय बैठकले राति १० बजेबाट मतगणना थाल्ने निर्णय गरेको हो ।

advertisement

‘सर्वदलीय बैठक बस्यौँ । अब दश बजेबाट मतगणना सुरु हुन्छ,’ खड्काले भने ।

यो क्षेत्रमा मतदान सम्पन्न भएपछि मतपेटिका संकलन गरी मतगणना स्थलमा ल्याइसकिएको छ । सर्वदलीय सहमतिमा निर्धारित समयमा मतगणना प्रक्रिया अघि बढ्नेछ ।

 

 

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com