काठमाडौं । २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेलले आफ्ना मुख्य प्रतिस्पर्धीभन्दा २१ सयभन्दा बढी मतले अग्रता बनाएका छन्।
जारी मतगणनाको प्रारम्भिक नतिजा अनुसार खरेलले २,७७९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विष्णु पौडेलले ६०९ मत पाएका छन्।
तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा (पौडेल) ले ३०५ मत प्राप्त गरेका छन्।
मतगणना तिलोत्तमा नगरपालिका–१ बाट सुरु गरिएको हो। अब बुटवल उपमहानगरपालिका–१ को मतगणना गर्ने तयारी भइरहेको छ।
रूपन्देही–२ निर्वाचन क्षेत्रमा बुटवल उपमहानगरपालिकाका १ देखि १३ नम्बर वडा, तिलोत्तमा नगरपालिकाका १ देखि ६ नम्बर वडा तथा सैनामैना नगरपालिकाका १ देखि ४ नम्बर वडा पर्दछन्।
यस क्षेत्रमा नेकपा एमालेका विष्णु पौडेल, नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा (पौडेल), रास्वपाका सुलभ खरेल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का विश्वदीप पाण्डे, जनता समाजवादी पार्टी (जसपा) का दीपक गुरुङ, जनमत पार्टीका रमेश लोधसहित विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी कुल ३९ जना प्रतिस्पर्धामा छन्।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया