रुपन्देही । रुपन्देही क्षेत्र नम्बर–२ मा जारी मतगणनाको प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शुलभ खरेल अग्रस्थानमा देखिएका छन्।

हालसम्मको गणनाअनुसार खरेलले ४ हजार ७४ मत प्राप्त गरेका छन्। नेकपा एमालेका विष्णु पौडेलले ८ सय ४५ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेल ५ सय ४ मतसहित तेस्रो स्थानमा रहेका छन्।

advertisement

बुटवल उपमहानगरपालिका–१ मा गणना गरिएको १ हजार ८ सय ६५ मतमध्ये खरेलले १ हजार २ सय ९३ मत प्राप्त गरेका छन्। सोही वडामा एमालेका पौडेलले २ सय ४५ मत पाएका छन् भने कांग्रेसका चुन्नप्रसादले १ सय ९९ मत ल्याएका छन्। नेकपाका विश्वदीप पाण्डेले ८ मत प्राप्त गरेका छन्।

त्यसैगरी तिलोत्तमा नगरपालिका–१ को मतगणनामा पनि खरेलले अग्रता कायम राखेका छन्। उक्त वडाबाट खरेलले २ हजार ७ सय ८१ मत पाएका छन् भने एमालेका विष्णु पौडेलले ६ सय ९ मत प्राप्त गरेका छन्। नेकपाका विश्वदीप पाण्डेले ३५ मत पाएको निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले जानकारी दिएका छन्।

यस क्षेत्रमा कुल १ लाख ३५ हजार ५० मतदाता रहेका छन्। हालसम्म २३ वटामध्ये २ वटा वडाको मतगणना सम्पन्न भएको छ भने सैनामैना–१ मा मतगणना जारी रहेको छ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com