काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले विभिन्न निर्वाचन क्षेत्रमा अग्रता लिइरहेका छन्।
प्रारम्भिक नतिजाअनुसार काठमाडौं–१ मा रञ्जु न्यौपाने ९ हजार ७८ मतसहित अगाडि छिन्। काठमाडौं–८ मा विराज भक्त श्रेष्ठ ७ हजार ६१७ र काठमाडौं–१० मा प्रदीप विष्ट ६ हजार ४२ मतसहित अग्रता बनाइरहेका छन्।
त्यस्तै काठमाडौं–५ मा सस्मित पोखरेल ३ हजार ७ सय, काठमाडौं–४ मा पुकार बम २ हजार ५२९, काठमाडौं–७ मा गणेश पराजुली २ हजार ८३३ र काठमाडौं–६ मा शिशिर खनाल २ हजार २३८ मतसहित अघि रहेका छन्।
उपत्यका बाहिर पनि रास्वपाका उम्मेदवारहरूले अग्रता कायम राखेका छन्। मोरङ–४ मा सन्तोष राजवंशी ३ हजार ८८५, धनुषा–३ मा मनिष झा ३ हजार ९१४ र रुपन्देही–२ मा शुलभ खरेल ४ हजार ७२ मतसहित अगाडि छन्।
चितवन–२ मा रवि लामिछाने २ हजार २५, चितवन–३ मा सोविता गौतम ९२५, कास्की–१ मा खडक राज पौडेल १ हजार ९७८, कास्की–२ मा उत्तमप्रसाद पौडेल २ हजार ४१७ र कास्की–३ मा बिना गुरुङ २ हजार ७४ मतसहित अग्रता बनाइरहेका छन्।
यसैगरी तनहुँ–१ मा स्वर्णिम वाग्ले १ हजार ३५२, दाङ–१ मा देवराज पाठक १ हजार ५१६, बाँके–१ मा सुरेश कुमार चौधरी २ हजार ५७४ र बाँके–३ मा खगेन्द्र सुनार १ हजार ३६९ मतसहित अघि छन्।
अन्य क्षेत्रमा झापा–५ मा बालेन्द्र शाह १ हजार ४७६, मोरङ–१ मा यज्ञमणि न्यौपाने २ हजार २६९, मोरङ–५ मा आशा झा १ हजार २२९, बारा–३ मा अरबिन्द साह २ हजार १६०, भक्तपुर–१ मा रुकेश रन्जित ८८८ र भक्तपुर–२ मा राजीव खत्री २ हजार मतसहित अग्रस्थानमा छन्।
त्यस्तै ललितपुर–३ मा तोसिमा कार्की ६४८, ललितपुर–२ मा जगदीश खरेल २२८, रौतहट–४ मा गणेश पौडेल ४४३, कञ्चनपुर–२ मा दीपक राज बोहरा १ हजार ३८० र कञ्चनपुर–३ मा ज्ञानेन्द्र सिंह महता १२९ मतसहित अगाडि रहेका छन्।
निर्वाचन आयोगका अनुसार देशभरका विभिन्न केन्द्रमा मतगणना जारी रहेको छ र परिणाम क्रमशः सार्वजनिक हुँदै जानेछन्।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया