काठमाडौँ। धादिङ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशा तामाङले सुरुवाती अग्रता कायम राखेकी छिन्।
तामाङले ५५४ मत प्राप्त गरेकी छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का राजेन्द्र पाण्डे ३३६ मतसहित दोस्रो स्थानमा छन्।
त्यस्तै, नेकपा एमालेका भूमि त्रिपाठीले २९५ मत पाएका छन् भने नेपाली कांग्रेसका कृष्ण रिजालले १०४ मत प्राप्त गरेका छन्।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया