बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ मा मतगणनाको प्रारम्भिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले उल्लेखनीय अग्रता बनाएका छन्।
हालसम्म १ हजार ५ सय ६२ मत गणना हुँदा रास्वपाका उम्मेदवार तौफिक अहमद खान ले ९२५ मत प्राप्त गरेका छन्।
त्यस्तै, खिमलाल भट्टराई (नेकपा एमाले) ले २६८ मत ल्याएका छन् भने भरतकुमार शाह (नेपाली कांग्रेस) ले १९८ मत पाएका छन्।
अन्य उम्मेदवारमध्ये श्रम संस्कृति पार्टीका उम्मेदवारले ९० मत, नेकपाका मोहम्मद वकिल मुसलमान ले ३३ मत र राप्रपाका मिनप्रसाद घिमिरे ले १८ मत प्राप्त गरेका छन्।
यस निर्वाचन क्षेत्रमा कुल १ लाख ३४ हजार ४ सय ४२ जना मतदाता रहेका छन्।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया