काठमाडौं। कालिकोटमा मतगणना जारी रहँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार महेन्द्र बहादुर शाहीले स्पष्ट अग्रता कायम गरेका छन् । पूर्व कर्णाली प्रदेश मुख्यमन्त्रीसमेत रहेका शाहीले हालसम्म ३ हजार ३९६ मत प्राप्त गरेका छन् ।
नेकपा (एमाले) का उम्मेदवार नागिन्द्र शाहीले २ हजार ५१२ मत ल्याएका छन् भने नेपाली कांग्रेसका हर्षबहादुर बमले २ हजार ५०४ मत प्राप्त गरेका छन् । मतगणना क्रममा नेकपाको अग्रता दोस्रो स्थानभन्दा करिब ८८४ मतले बढी रहेको छ ।
कालिकोटमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो । मतगणना प्रक्रिया जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ । निर्वाचन अधिकृतको कार्यालयले मतगणना पारदर्शी तथा व्यवस्थित रूपमा अघि बढाइरहेको जनाएको छ ।
यो क्षेत्रमा नेकपाको अग्रताले कर्णाली प्रदेशमा पार्टीको प्रभावलाई फेरि उजागर गरेको छ । मतगणना सम्पन्न भएपछि औपचारिक विजेता घोषणा गरिनेछ ।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया