काठमाडौं । रौतहट–४ मा मतगणना जारी रहेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म करिब ३,६०० मत गणना भइसकेका छन्।
यस क्षेत्रमा आम जनता पार्टी (आजपा)बाट उम्मेदवारी दिएका पत्रकार ऋषि धमलाले हालसम्म ९ मत मात्रै प्राप्त गरेका छन्।
अहिलेसम्मको मतपरिणाम अनुसार रास्वपाका गणेश पौडेलले २,२०५ मतसहित अग्रता लिएका छन्।
उनलाई पछ्याउँदै नेपाली कांग्रेसका देवप्रसाद तिमिल्सिनाले ६९२ मत प्राप्त गरेका छन् भने नेकपाका रामकुमार भट्टराईले ६३७ मत पाएका छन्।
त्यस्तै, नेकपा एमालेका रामजी साहले १२२ मत प्राप्त गरेका छन्।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया