काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत १६५ निर्वाचन क्षेत्रमध्ये बिहान ११ बजेसम्म ८६ क्षेत्रको मतगणना सुरु भइसकेको छ । बाँकी ७८ क्षेत्रमा भने मतगणना केही बेरमा सुरु हुने गरी प्रक्रिया थालिएको छ ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार, ८६ क्षेत्रमा मतगणना अघि बढिसकेको छ । गणना भएका अधिकांश क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता कायम गरेको देखिएको छ । काठमाडौं–१ मा रास्वपाकी उम्मेदवार रन्जु दर्शना विजयी भइसकेकी छन् ।

advertisement

मतपेटिका सङ्कलन तथा गणना प्रक्रिया शान्तिपूर्ण तथा पारदर्शी रूपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ । विभिन्न जिल्लाबाट प्राप्त जानकारीअनुसार दुर्गम तथा पहाडी क्षेत्रका मतपेटिका हेलिकोप्टरमार्फत सदरमुकाम पुर्‍याइएको छ भने अन्य स्थानमा सवारी साधनमार्फत सङ्कलन गरिएको छ ।

सर्वदलीय बैठकपछि मतगणना सुरु गरिएको अधिकांश क्षेत्रमा रास्वपाको राम्रो प्रदर्शन देखिएको छ । मतगणना क्रममा थप परिणामहरू क्रमशः सार्वजनिक हुँदै छन् । बाँकी ७८ क्षेत्रमा पनि छिट्टै मतगणना सुरु हुने अपेक्षा गरिएको छ ।

निर्वाचन आयोगले मतगणना प्रक्रियालाई तीव्र बनाउन तथा परिणाम छिटो सार्वजनिक गर्न आवश्यक व्यवस्था मिलाएको छ । देशभर मतगणना जारी रहँदा राजनीतिक दल तथा मतदाताहरूको ध्यान अन्तिम परिणामतर्फ केन्द्रित भएको छ ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com