पोखरा। मुस्ताङ प्रतिनिधिसभा क्षेत्रबाट नेपाली कांग्रेसका ३२ वर्षीय योगेश गौचनले जित निकालेका छन् । यससँगै कांग्रेसले मुस्ताङमा पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचनको खाता खोलेको छ ।
गौचनले नेकपा (एमाले) का इन्द्रधारा विष्टलाई १ हजार ५०१ मतान्तरले पराजित गरेका हुन् । गौचनले ३ हजार ३०७ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी विष्टले १ हजार ८०६ मत ल्याए । राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकालीले ७५९ मत प्राप्त गरे भने अन्य दलका उम्मेदवारहरू निकै कम मतमा सीमित रहे ।
यो जितसँगै मुस्ताङमा कांग्रेसको उपस्थिति बलियो बनेको छ । २०७९ को निर्वाचनमा पनि मुस्ताङबाट कांग्रेसका योगेश गौचन नै विजयी भएका थिए । त्यसबेला उनले ३ हजार ९९६ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका थिए ।
योगेश थासाङ गाउँपालिका–लेतेका बासिन्दा हुन् । उनले बिजनेस म्यानेजमेन्टमा स्नातक गरेका छन् । पर्यटन तथा होटल व्यवसायीसमेत रहेका गौचन नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा हुन् ।
मुस्ताङमा कांग्रेसको यो लगातार दोस्रो जितले पार्टीको स्थानीय प्रभावलाई थप मजबुत बनाएको छ । मतगणना सम्पन्न भएपछि योगेश गौचनलाई निर्वाचन अधिकृतले विजयी घोषणा गरेका हुन् ।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया