काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकालले अग्रता कायम गरेका छन्।
हालसम्मको मतगणनाअनुसार ढकालले २४३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार प्रदीपकुमार ज्ञवालीले ११८ मत प्राप्त गरेका छन्।
त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार चन्द्रकान्त भण्डारी १०५ मतसहित तेस्रो स्थानमा रहेका छन्। प्रारम्भिक गणनाबाट प्राप्त नतिजाअनुसार तीन प्रमुख उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार












प्रतिक्रिया