काठमाडौं। दाङ निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तथा सहमहामन्त्री विपिन आचार्यले स्पष्ट अग्रता कायम गरेका छन् । जारी मतगणनाको ताजा अवस्थाअनुसार आचार्यले १ हजार ८०० मत प्राप्त गरेका छन् ।
यो क्षेत्रबाट नेकपा (एमाले) ले पार्टी महासचिव शंकर पोखरेललाई उम्मेदवार बनाएको थियो । उनले हालसम्म ५८७ मत ल्याएका छन् । नेपाली कांग्रेसका किरणकिशोर घिमिरेले ३८० मत र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का निर्मल आचार्यले २८० मत प्राप्त गरेका छन् ।
प्रारम्भिक मतपरिणाममा रास्वपाका आचार्यले एमालेका पोखरेललाई तेब्बरभन्दा बढी मतान्तरले पछि पारेका छन् । आचार्यको अग्रता १ हजार २१३ मतको छ । मतगणना क्रममा यो अन्तर थप बढ्ने देखिएको छ ।
दाङ–२ मा मतगणना प्रक्रिया शान्तिपूर्ण तथा पारदर्शी रूपमा भइरहेको छ । निर्वाचन अधिकृतको कार्यालयले मतपेटिका सङ्कलन तथा गणना व्यवस्थित रूपमा अघि बढाइरहेको जनाएको छ । यो क्षेत्रमा मतदाताको सहभागिता राम्रो रहेको र कुनै ठूलो घटना नभएको प्रहरीले जानकारी दिएको छ ।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ । रास्वपाका आचार्यले यो क्षेत्रमा नयाँ शक्तिको प्रभावलाई प्रमाणित गर्दै अग्रता कायम गरेका छन् । मतगणना सम्पन्न भएपछि औपचारिक विजेता घोषणा गरिनेछ ।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार












प्रतिक्रिया