चितवन । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतमले उल्लेखनीय अग्रता कायम गरेकी छिन्।
हालसम्म १९ हजार ४५ मत गणना हुँदा गौतमले ९ हजार ८७९ मत प्राप्त गरेकी छन्। उनलाई नेकपाकी उम्मेदवार रेणु दाहालले ५ हजार २५६ मतसहित पछ्याइरहेकी छन्।
यसैगरी, नेकपा (एमाले)का उम्मेदवार शंकर थपलियाले १ हजार ४६५ मत पाएका छन् भने नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले १ हजार २२ मत प्राप्त गरेका छन्। राप्रपाका उम्मेदवारले ३२३ मत पाएका छन्।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार












प्रतिक्रिया