विराटनगर। सुनसरी क्षेत्र नम्बर १ मा भएको मत गणनाको प्रारम्भिक मत परिणाम सार्वजनिक हुँदा रास्वपाका उम्मेदवारले अग्रता लिएका छन्।

श्रम सस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङ दोस्रो स्थानमा रहेका छन् । पछिल्लो मत परिणाम अनुसार रास्वपाका गोमा तामाङले १४२ मत पाएकी छन् । साम्पाङले भने ४९ मत पाएका छन् । तेस्रो मत भने नेपाली कांग्रेसका सुजेन्द्र गोलेले पाएका छन् ।

advertisement

सार्वजनिक भएको मत परिणाम अनुसार नेपाली कम्युनिस्ट पार्टीका सूर्यकुमार भट्टराईले १२ मत पाएका छन् । एमालेका टिका मांगलेन लिम्बुले ८ र राप्रपाका उद्धव श्रेष्ठले ३४ मत पाएका छन् ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com