रूपन्देही । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यतर्फ मतगणना जारी रहेको छ। पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेल उल्लेखनीय अग्रतासहित अघि बढिरहेका छन्।

हालसम्म खरेलले १६ हजार ७८८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले ३ हजार ५१७ मतसहित पछ्याइरहेका छन्। यससँगै खरेलले १३ हजार २७१ मतको फराकिलो अग्रता कायम गरेका छन्।

advertisement

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले २ हजार २६४ मत प्राप्त गरेका छन्। नेकपा उम्मेदवार सुभाष पाण्डे (विश्वदीप) ले ४६३ मत ल्याएका छन् भने श्रम संस्कृति पार्टीका भीमबहादुर गौतमले ४०२ मत प्राप्त गरेका छन्।

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com