झापा। झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाहले मतान्तर थप बढाउँदै स्पष्ट अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणामअनुसार बालेनले ५ हजार १२३ मतान्तरसहित अगाडि बढेका छन् ।

यसअघि करिब ४ हजार मतान्तरमा रहेका बालेनले अबको गणनामा एमालेका केपी शर्मा ओलीलाई ५ हजार १२३ मतले पछि पारेका हुन् । ओलीले हालसम्म १ हजार ४२८ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले २१६ मत र नेकपा (माओवादी केन्द्र) का रन्जित तामाङले १६५ मत ल्याएका छन् ।

advertisement

यो क्षेत्रमा मतगणना प्रक्रिया जारी छ । प्रारम्भिक चरणमा नै बालेनको अग्रता निकै फराकिलो देखिएको छ । मतगणना क्रममा यो अन्तर थप बढ्ने देखिन्छ ।

झापा–५ यसपटकको निर्वाचनमा सबैभन्दा बढी चर्चा बटुलेको क्षेत्र हो । एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका बालेन शाहबीचको प्रतिस्पर्धालाई राष्ट्रिय स्तरमा नै चासोका साथ हेरिएको थियो । बालेनको यो अग्रताले नयाँ शक्तिको प्रभावलाई प्रमाणित गरेको छ ।

मतगणना सम्पन्न भएपछि औपचारिक विजेता घोषणा गरिनेछ । निर्वाचन अधिकृतको कार्यालयले मतगणना पारदर्शी तथा व्यवस्थित रूपमा अघि बढाइरहेको जनाएको छ ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com