काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनालले २५ हजार मत पार गरेका छन्।
पछिल्लो मतपरिणामअनुसार खनालले २५ हजार ६१९ मत प्राप्त गर्दै स्पष्ट अग्रता कायम गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानिया क्षेत्रीले ६ हजार १२४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका अमनकुमार मास्केले ३ हजार ९९७ मत ल्याएका छन्।
हालसम्मको मतगणनामा खनाल फराकिलो मतान्तरसहित अघि देखिएका छन् भने मतगणना प्रक्रिया अझै जारी रहेको छ।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया