विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह झापाको दमक पुगेका छन्। शुक्रबार दिउँसो विराटनगर विमानस्थल हुँदै उनी दमक पुगेका हुन्।

सुरक्षा स्रोतका अनुसार शाह आफ्नो प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ तर्फ जाने तयारीमा छन्।

advertisement

प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा फराकिलो अग्रता हासिल गरेपछि उनी त्यस क्षेत्र पुगेका हुन्। यसअघि बिहीबार हेलिकप्टरमार्फत त्यता जाँदै गर्दा उनी आधा बाटोबाटै काठमाडौं फर्किएका थिए।

झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरिरहेका शाहले हालसम्म उल्लेखनीय मतान्तर बनाएका छन्। पछिल्लो मतपरिणामअनुसार शाहले ६ हजार ५५१ मत प्राप्त गर्दै ५ हजार १२३ मतको अग्रता बनाएका छन्।

उता एमाले उम्मेदवार ओलीले हालसम्म १ हजार ४२८ मत प्राप्त गरेका छन्। मतगणना प्रक्रिया भने जारी रहेको छ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com