विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह झापाको दमक पुगेका छन् । शुक्रबार दिउँसो विराटनगर विमानस्थल हुँदै उनी दमक पुगेका हुन् ।

सुरक्षा स्रोतका अनुसार उनी आफ्नो निर्वाचन क्षेत्र नम्बर ५ मा जाने तयारीमा छन् ।

advertisement

प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहेका बेला फराकिलो अग्रता बनेपछि उनी यो क्षेत्र आएका हुन् । बिहीबार हेलिकप्टर मार्फत आएका उनी आधा बाटोबाटै काठमाडौं फर्किएका थिए ।

प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ मा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका उनले मतान्तर बढाएका छन् । बालेनले ५ हजार १२३ को मतान्तर बनाएका हुन् । बालेनले ६ हजार ५५१ मत प्राप्त गरेका छन् । पछिल्लो परिणाम अनुसार एमाले उम्मेदवार केपी शर्मा ओलीले १ हजार ४२८ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com