रूकुम पूर्व। रूकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)को जिततर्फ अग्रसर भएका छन्।
पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका छन्।
जिल्ला निर्वाचन अधिकृत पुष्पराज शर्माका अनुसार रूकुम पूर्वमा कुल मतदाता ३४ हजार ७७२ मतदाता रहेकोमा १९ हजार १०६ मतदान भएको थियो।
उनका अनुसार अहिले पुथाउत्तरगंगा गाउँपालिकाको मतगणना अन्तरिम चरणमा छ।
यहाँ हालसम्म नेकपा (एमाले) का लिलामणि गौतमले ३०१७, नेपाली कांग्रेसकी कुसुमदेवी थापाले २ हजार ४७७, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लखनकुमार थापा ७१२ मत प्राप्त गरेका छन्।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया