काठमाडाैं । झापा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार निशा डाँगीले मतगणनाको प्रारम्भिक चरणमै अग्रता कायम गरेकी छन्। हालसम्म उनले ३ हजार १ सय ७० मत प्राप्त गरेकी छन्।
यस क्षेत्रमा उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका केवराम राई रहेका छन्। राईले हालसम्म १ हजार ३ सय २० मत प्राप्त गरेका छन्।
त्यस्तै, नेपाली कांग्रेसका केशवराज पाण्डेले १ हजार २८ मत पाएका छन् भने नेकपा एमालेका रामचन्द्र उप्रेतीले ७ सय ८० मत प्राप्त गरेका छन्।
झापा–१ को मतगणना अझै प्रारम्भिक चरणमै रहेकाले अन्तिम परिणाम आउन केही समय लाग्ने देखिएको छ।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया