काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल पुनः विजयी भएका छन्। उनले २७ हजार ७ सय १९ मत प्राप्त गर्दै आफ्नो जित सुनिश्चित गरेका हुन्।
खनालका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६ सय ४७ मत प्राप्त गरे। त्यस्तै नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्केले ४ हजार ३ सय ७३ मत पाएका छन्।
यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट विजयी भइसकेका खनालले यसपटक पनि मतदाताको विश्वास कायम राख्दै पुनः जित हात पारेका छन्।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया