काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अशोक चौधरीले मतगणनाको सुरुआती चरणमै उल्लेखनीय अग्रता बनाएका छन्।

पछिल्लो प्राप्त मतपरिणाम अनुसार चौधरीले १ हजार ८ सय ८९ मत प्राप्त गरेका छन्।

advertisement

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ८ सय ३० मत पाएका छन्, जसका कारण उनी उल्लेख्य अन्तरले पछाडि परेका छन्।

यस्तै नेकपा एमालेकी उम्मेदवार भगवती चौधरी ४ सय ४० मतसहित तेस्रो स्थानमा रहेकी छन्।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com