काठमाडाैं । इलाम–२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई श्रम संस्कृति पार्टीका सुदीप राईले उछिनेका छन्।
चुलाचुली ४, ५, ६ को मत गणना सकिँदा राईले १ हजार ५०४ मत ल्याएका छन्। एमालेका सुहाङले १ हजार ३५९ मत ल्याउँदा नेपाली कांग्रेसका भेषराज आचार्यले ७३३ मत ल्याएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुल राईले ४१९ मत प्राप्त गरेका छन्।
त्यहाँ केही समयअघिसम्म एमालेका सुहाङले अग्रता लिएका थिए।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया