काठमाडौं । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्रीले मतगणनामा उल्लेखनीय अग्रता कायम राख्दै ११ हजार मत कटाएका छन्।

हालसम्मको मतपरिणाम अनुसार खत्रीले ११ हजार ४९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कविर राणाले १ हजार ५०३ मत ल्याएका छन्। यस्तै नेकपा एमालेका उम्मेदवार महेश बस्नेत ३ हजार ११६ मत प्राप्त गरेका छन्।

advertisement

एमालेका सचिव समेत रहेका महेश बस्नेत भने अघिल्लो प्रतिनिधिसभा निर्वाचन २०७९ मा नेपाली कांग्रेसका भक्तपुर सभापति दुर्लभ थापासँग पराजित भएका थिए। तर २०७४ सालको निर्वाचनमा भने उनी यही क्षेत्रबाट विजयी भएका थिए।

भक्तपुरमा २०३१ साल माघमा जन्मिएका बस्नेत २०४९ सालमा नेकपा एमालेको साधारण सदस्य बनेका थिए। त्यसयता पार्टीभित्र सक्रिय राजनीति गर्दै आएका उनी एमाले अध्यक्ष केपी शर्मा ओलीका निकट मानिने नेतामध्ये एक हुन्।

 

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com